म्याग्दीमा घटना लुकाउन दुर्घटनाको नाटक, खुल्यो १ महिनापछि रहस्य
२२ वर्षीय प्रकाश पक्राउ
म्याग्दी | चैत ९, २०८२
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।
उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।
हत्या गरी रुखबाट लडेर मृत्यु भएको भनिएता पनि शव परिक्षणको प्रतिवेदनले सौरवको हत्या भएको पुष्टि गरेको हो ।
सोही आधारमा अनुसन्धान गर्ने क्रममा प्रकाश विकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादमा सौरवको हत्या भएको खुलेको हो ।
गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव विक घाँस काट्ने क्रममा लडेर घाइते भएको बताइएको थियो ।
त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी हुँदै गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो ।
तर, अस्पतालले बाँच्ने सम्भावना कम भएको बताएपछि घर फर्काइएको थियो । त्यसपछि उनको निधन भएको थियो ।
त्यसपछि पोष्टमार्टम र शव परीक्षण प्रतिवेदन र सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको हो ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार, शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन् ।
उनीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी थप अनुसन्धानm गरिरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

